Odapalika - The Fourth Estate - चौथो अंग
अस्पतालमा डाक्टर बसेनन् ? १११५ फोन गर्नुहोस्, सरकारले कारबाही गर्छ 

काठमाडौँ । सरकारले कार्यालय समयमा अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने भएको छ । सुनुवाइ एकाइ ‘हेल्लो स्वास्थ्य १११५’ मा कार्यालयमा समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले त्यस्ता चिकित्सकलाई कारबाही गर्न निर्देशन दिएका हुन् । 

कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्न मन्त्री पौडेलले मातहतका अधिकारीलाई निर्देशन दिएका हुन् । 

मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा पत्र पठाएर चिकित्सक एवं स्वास्थ्यकर्मी कार्यालय समयमा कार्यकक्षमा रही सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिइएको छ । 

साथै, उनले अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि निर्देशन दिएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update