कास्की । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका र पक्राउ पुर्जी जारी भएकामध्ये १९ जनाविरुद्ध शुक्रबार मुद्दा दर्ता गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पक्राउ पुर्जी जारी भई फरार रहेका गितेन्द्रबाबु राई ( जीबी), कैलाशकुमार दर्लामी, कुमार रम्तेलसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा पूरक अभियोग दर्ता गर्दै बिगो दाबी गरेको छ ।
१९ जनामध्ये ६ जना पुर्पक्षका लागि कास्की कारागार, ३ जना अन्य जिल्लाका कारागारमा र १० जना भने फरार छन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानसहित ५ जनाविरुद्ध भने आइतबार मुद्दा दर्ता गरिने भएको छ ।