काठमाडौँ । संघीय सरकारले धनेश्वर खेल मैदान क्षेत्रको जग्गा किन्न मुआब्जा दिएर किन्न बूढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बूढानिलकण्ठ– ४ मा रहेको ३५ रोपनी जग्गामा निर्मित धनेश्वर खेलमैदान क्षेत्रमा पर्ने जग्गा मुआब्जा दिएर खरिद गर्न बूढानिलकण्ठ नगरपालिकालाई स्वीकृति दिने निर्णय गरेको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकले सोही वडाको श्रीराम निमाविलाई आवश्यक ९ आना जग्गासमेत मुआब्जा दिएर खरिद गर्न स्वीकृति दिएको छ ।
२०७० सालदेखि खेल मैदान बनाउन थालिएको थियो । अब जग्गा खरिद गर्न स्वीकृति दिएसँगै खेल मैदान बन्ने विषयमा मूर्त रुप लिने अपेक्षा गरिएको छ ।