Odapalika - The Fourth Estate - चौथो अंग
मुद्दा दर्ताका लागि रवि लामिछानेलाई अदालतमा लगियो 

कास्की । सहकारी ठगीसहितको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आइतबार मुद्दा दर्ता गरिँदै छ । यसका लागि जिल्ला सरकारी वकिलको कार्यालयका वकिलहरु जिल्ला अदालत कास्की पुगेका छन् भने रविलाई अदालतमा लगिएको छ । 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका रविविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दर्ता गरिने तयारी छ । 

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान सकेर प्रहरीले आफ्नो अनुुन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलले मुद्दा दर्ता गर्न लागेको हो । 

आइतबार रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध पनि मुद्दा दर्ता गरिँदै छ । प्रहरीले रविसहित ५१ जनाबाट डेढ अर्ब रुपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।

गत शुक्रबार जीबी राईलगायतविरुद्ध मुद्दा दर्ता गरिएको थियो । 
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update