Odapalika - The Fourth Estate - चौथो अंग
भारतीय एस्काभेटर र चालक नेपालीको नियन्त्रणमा, महाकालीका मेयर भन्छन्– नदीको धार परिवर्तन गर्न खोजे

काठमाडौँ । दार्चुलामा महाकाली नदीको धार परिवर्तन गर्दै गरेको अवस्थामा भारतीय एस्काभेटर र चालकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । 

नेपाल–भारत सीमा नदी महाकालीको नेपालतर्फको धार परिवर्तन गरेको अवस्थामा आइतबार उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएको महाकाली नगरपालिकाका मेयर नरसिंह चैंसिरले पुष्टि गरे ।

‘म अहिले बाहिर छु । भारतीय एस्काभेटर र चालकलाई नियन्त्रणमा लिएको जानकारी मलाई पनि आयो,’ उनले भने, ‘नेपालतर्फको नदीको धार परिवर्तन गर्न खोजेपछि नियन्त्रणमा लिइएको भन्ने जानकारी आएको छ । यसबारे म थप बुझ्दै छु ।’ 

बिनाअनुमति नेपालतर्फ आएको भारतीय एस्काभेटर र चालकलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् । 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update