काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा रहेको भाटभटेनी सुपर मार्केटमा विक्रीका लागि राखिएको नरिवलमा ढुसी परेको पाइएको छ ।
भाटभटेनीले ढुसी परेका सामान बेच्ने गरेको भन्दै काठमाडौँ महानगरको कल सेन्टरमा गुनासो आएपछि भएको अनुगमनमा ४४ पाकेज नरिवलमा ढुसी परेको पाइएको हो ।
नरिवलमा ढुसी परेको पाइएपछि महानगरले सुपरमार्केटको व्यवस्थापनको रोहवरमा सो नरिवल नष्ट गरिदिएको छ । नरिवल नष्ट गरेर महानगरले भाटभटेनीलाई २ लाख रुपैयाँ जरिवाना तिर्न पनि पत्र काटेको छ ।
‘नरिवल ४४ पाकेजमा ढुसीजन्य पदार्थ रहेको फेलापरेको हुँदा सुपरमार्केटको व्यवस्थापनको नष्टसमेत गरेकोले काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड (घ) र (ड) बमोजिम कसुर गरेको पाइएकोले सोही ऐनको दफा ३० (१), (ख) बमोजिम रु २ लाख जरिवाना गरिएको छ,’ महानगरले भाटभटेनी सुपरमार्केटलाई पठाएको पत्रमा उल्लेख छ ।