काठमाडौ । सहकारी ठगीको अभियोगमा काठमाडौँ उपत्यकाभित्रको एक नगरपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई पक्राउ गरेको हो ।
सोमबार पक्राउ परेका वडाध्यक्ष महर्जनमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप छ। उनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१ १४:२७
प्रतिक्रिया दिनुहोस्