Odapalika - The Fourth Estate - चौथो अंग
पोखरामा वर्ल्डलिंकले ‘वर्ल्डलिंक कार्निभल’ गर्ने

काठमाडाैँ । नेपालकै अग्रणी इन्टनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले पोखरामा भव्य ‘कार्निभल’को आयोजना गर्ने भएको छ । यस कार्निभलमा विभिन्न प्रकारका फुड स्टलहरु, बाल‍बच्चाहरुको लागि खेलहरू, विभिन्न प्रकारमा रमाइला खेलहरु रहने वर्ल्डलिंकले जनाएको छ । यस कार्निभलको मुख्य आकर्षणको रुपमा, ‘द इलिमेन्टस्’ ब्यान्डको प्रस्तुती रहने तथा त्यसका साथै विभिन्न स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहनेछ । चर्चित कार्यक्रम प्रस्तोता ‘सुजिता श्रेष्ठ’ द्वारा सञ्चालन गरिने यस कार्निभलमा चर्चित डिजे ‘डिजे एमी’को प्रस्तुती समेत रहने वर्ल्डलिंकले जनाएकाे छ ।

पोखराको, पामे, चङ्खपुरमा हुन गइरहेको ‘अन्तर्ष्ट्रिय बलुन फेस्टिभल’ को पाँचौँ दिनमा हुन गइरहेको यस कार्निभल, पुस १३ गते २८ डिसेम्बर, शनिबारको दिन बिहान ९ बजे बाट सुरु भइ बेलुकी ५ बजेसम्म रहनेछ । यस कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलहरू, ‘पब्जी प्रतियोगिता’, तथा विभिन्न स्टलहरु रहनेछन् । साथै यसै कार्यक्रममा, ‘बिट द स्पीड’ को प्रतियोगिता समेत हुने वर्ल्डलिंकले जनाएको छ । त्यस प्रतियोगितामा, १४५ कि.मी.प्रति घण्टाभन्दा माथिको बलिङ गर्न सफल भएमा एक प्रतियोगीले ‘आईफोन १६’ उपहार पाउन सक्नेछन् ।

यस कार्निभलमा सहभागि हुन चाहनेहरुको सहजताको लागि वर्ल्डलिंकले पोखरामा पामे सम्मका लागि नि:शुल्क बस सेवा समेत प्रदान गर्ने भएको छ । विगतका कार्निभलहरुमाझैं यस कार्निभलमा पनि यहाँहरु आफ्नो परिवार समेत उपस्थित भई विभिन्न स्टलहरुको रौनक सँगै, खेलहरु खेल्दै, रमाइलो गर्नका लागि १३ गरे शनिबार पामे, चङ्खपुरमा सहभागी हुन सबैमा वर्ल्डलिंकले आग्रह गरेकाे छ । 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update