
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई दिइएको छ । सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोगपत्र दर्ता भएको भोलिपल्ट सोमबार अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरिएको हो ।
सोमबार बसेको रास्वपा सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
रविसहित ४४ जनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा मुद्दा चलाइएको छ । सोमबारबाट थुनछेक बहस सुरु भएको छ ।
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१ १७:२७
प्रतिक्रिया दिनुहोस्