Odapalika - The Fourth Estate - चौथो अंग
रवि लामिछाने निलम्बनमा परेको सूचना प्रकाशित

काठमाडौँ । संघीय संसद सचिवालयले सांसद रवि लामिछाने निलम्बनमा परेको सुचना प्रकाशित गरेको छ । सचिवालयले आज सार्वजनिक सुचना प्रकाशित गरेर चितवन–२ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद निलम्बनमा परेको जानकारी गराएको हो ।

संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था उदृत गर्दै सूचना प्रकाशित गरेका हुन्। 

notice-1734963836.jpg
 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update