Odapalika - The Fourth Estate - चौथो अंग
मुन्धुम पदमार्गको प्रचार गर्न टेम्केमैयुङ गाउँपालिकामा कृषि मेला 

काठमाडौँ । भोजपुरको  पर्यटकीय क्षेत्र चखेवा डाँडामा आगामी माघ १ गतेदेखि सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना हुने भएको छ । 

टेम्केमैयुङ गाउँपालिकाले पत्रकार सम्मेलन आयोजना गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यमा १ देखि ५ माघसम्म मेला आयोजना गर्न लागिएको बताएको छ । 

टेम्केमैयुङ गाउँपालिका–४ नागीको चखेवामा आयोजना हुने बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेला ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२)२५’ लाई लक्षित गर्दै आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

सरकारको एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको मुन्दुम पदमार्ग एक भएकाले सो मार्गको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न, स्थानीय कृषिउपजको प्रयोग बढाउन र स्थानीयको आयस्तर वृद्धि गर्न मेला सहयोगी बन्ने उनको भनाई छ । 

स्थानीयस्तरका कृषि उत्पादनहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हुने मेलामा कृषि प्रदर्शनीका साथै स्थानीय तथा राष्ट्रियस्तरका कलाकारले सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुती हुने उनको भनाइ छ ।

बृहत् मेलामा मुन्दुम पदमार्गको प्रवद्र्धन र दिगो विकासका लागि साझा अवधारणापत्र सार्वजनिक गर्नुका साथै उक्त अवधारणापत्रमा हस्ताक्षरसमेत गरिने गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update