Odapalika - The Fourth Estate - चौथो अंग
जागिरको आश्वासन दिदै पर्चा टाँस्ने काठमाडौँ महानगरको फन्दामा 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनधिकृत प्रचार सामग्री टाँस्ने र वितरण गर्ने ३ जनालाई कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर जरिमाना तिराएको छ । 

विभिन्न पदमा रोजगारको अवसर, उल्लेख भएका पर्चामा भएको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर जरिमाना तिराइएको हो । 

नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, नायव निरीक्षक राजकुमार चौलागाईँ र सहायक निरीक्षक प्रयास घिमिरेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो  । महानगरले सडक वा सडकका भित्ता, विजुलीका पोल, रेलिङ्, बार, पार्क, पर्खालजस्ता ठाउँहरुमा प्रचारका सामग्री टाँस्न रोक लगाएको छ । 

375024251_3032520110214860_232884086589422280_n1694235839.jpg

गणेश आचार्य एसवी जब सर्भिस लिंकसँग आवद्ध छन् । यो कम्पनीले मिति नराखी रिसेप्सनिष्ट, क्लिनर, सेक्युरिटी गार्ड, शिक्षक, ड्राइभर, वाइक होल्डर, हाउस किपिङ्जस्ता १६ शीर्षकका पदमा कर्मचारी अर्जेन्ट लेखेर पर्चा निकाल्ने गरेको छ । 

तलब कम्तीमा १० हजार बढीमा १६ हजारसम्म दिने भन्दै गरिएका विज्ञापनबाट पैसा असुल्दै आएको महानगरले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update