
मोरङ । विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् । बैंकिङ कसुरमा उनलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
वडाध्यक्ष कामतविरुद्ध गयानन्द ठाकुरले चेक बाउन्सको मुद्दा दायर गरेका थिए । गएको मंसिर २५ गते मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
कामतले ठाकुरलाई दिएको ५ लाख रुपैयाँको चेक बाउन्स भएपछि गत कात्तिकमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१ ११:४९
प्रतिक्रिया दिनुहोस्