काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । नगरपालिकाले सार्वजनिक सूचना निकालेर नगरका सबै १६ वटै वडामा रहेका अपांगता भएका व्यक्तिलाई स्वास्थ्य सेवा निःशुल्क दिने भन्दै परिचयपत्रसहित उपस्थित हुन आह्वान गरेको छ ।
सार्वजनिक सूचनाअनुसार पुस ९ गते वडा नम्बर ३ र ७ का अपांगता भएका व्यक्तिलाई जिल्ला अस्पतालमा उपस्थित हुनुपर्नेछ । यसैगरी पुुस ९ गते नै वडा नम्बर ४ र ६ का अपांगता भएका व्यत्ति m स्वास्थ्य सेवा लिन त्रियुगा नगर अस्पतालमा जानुपर्नेछ ।
पुस ११ गते वडा नम्बर १, ८ र १२ का जिल्ला अस्पताल उदयपुर र वडा नम्बर ५ का त्रियुगा नगर अस्पतालमा गएर स्वास्थ्य सेवा लिन भनिएको छ ।
यसैगरी, पुस १२ गते वडा नम्बर २, १०, १३ र १६ का र पुस १४ गते वडा नम्बर ९, ११, १४ र १५ का अपांगता भएका व्यक्ति जिल्ला अस्पताल गएर निःशुल्क स्वास्थ्य सेवा लिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ । निःशुल्क स्वास्थ्य सेवा लिनका लागि अपांगता परिचयपत्र, स्वास्थ्य बीमा कार्ड आवश्यक पर्नेछ ।