Odapalika - The Fourth Estate - चौथो अंग
पूर्वडेपुटी गभर्नर शिवाकोटीको ‘हृदयकी रानी’ सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकको संचालक समिति सदस्य तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको रचनामा बनेको हृदयकी रानी गितीको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यो गितको रचनाकार शिवाकोटी हुन् भने संगितकार किर्ती न्यौपाने हुन् । गितमा मदनकृष्ण श्रेष्ठ र समीक्षा अधिकारीले स्वर दिएका छन् । 

म्युजिक भिडियोमा वरिष्ठ कलाकारसमेत रहेका गायक मदनकृष्ण श्रेष्ठ, गायिका कोमल वली, स्मारिका ढकाल र विमल अधिकारीले अभियन गरेका छन् । 

गितको रेकर्डिङ ए–वान स्टुडियो पुतलीसडकमा गरिएको हो । यो गित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ७३ वर्षको उमेरमा स्वर दिएको गित हो । उनले गितको म्युजिक भिडियोमा अभिनयसमेत गरेका छन् । उनले म्युजिक भिडियोमा अभिनय गर्दा उनको उमेर ७४ वर्ष रहेको गितकार शिवाकोटीले वडापालिकालाई जानकारी दिए । श्रेष्ठले यो उमेरमा पनि गितमा स्वर दिएर तथा अभिनय गरेर नेपाली कला र संगित क्षेत्रलाई ठूलो योगदान प्रदान गरेको गितकार शिवाकोटीले बताए ।

श्रेष्ठसँगै गितमा स्वर दिएकी अधिकारी करिब २१ वर्षकी छिन् । 

गितमा नेपालको ग्रामीण परिवेशलाई स्मरण गर्ने प्रयत्न गरिएको छ । ग्रामीण परिवेशमा हिजोका दिनमा प्रेम सम्बन्धमा गासिएको जोडी विभिन्न परिस्थिति तथा विभिन्न कालखण्डमा आफूहरुबीचको प्रेम सम्बन्धलाई मूर्तरुप दिन नपाउँदै टाढिन पुगेको सन्दर्भ गितमा समावेश गरिएको छ । यसरी छुटेका प्रेमी बुढेसकालमा भेटिन्छन् र विगत सम्झन्छन् । र, उनीहरुबीच बुढेसकालमा विवाह हुन्छ । गितमा यही विषय समावेश छ । 

गितकार शिवाकोटी विगत लामो समयदेखि सामाजिक तथा आर्थिक विषयवस्तुमा केन्द्रीत रहेर गित लेखनमा सक्रिय छन् ।

सो भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् भने कोरियाग्राफी राहुल रसाइलीले गरेका हुन । उत्सव दाहालले खिचेको सो भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update