Odapalika - The Fourth Estate - चौथो अंग
डेजर्ट भाइपर्सबाट कुशल मल्लले यूएईको इन्टरनेसनल लिग टी–२० खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्लले यूएईको इन्टरनेसनल लिग टी–२० खेल्ने भएका छन् । डेजर्ट भाइपर्सको टिमले मल्ललाई सन् २०२५ को सिजनका लागि अनुबन्ध गरेको हो ।

यसबारे जानकारी दिँदै डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले मल्ललाई डेजर्ट भाइपर्समा स्वागत गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

डेजर्ट भाइपर्सले नेदरल्याण्ड्सका अलराउन्डर बास डे लिडेको स्थानमा मल्ललाई भित्र्याएको हो । मल्लले ब्याटिङ र बलिङ दुवैबाट टिममा योगदान दिन सक्षम रहेको मुडीले विश्वास व्यक्त गरेका छन् । 

भाइपर्सले मल्लसँगको सम्झौताबारे जानकारी दिए पनि तलबबारे केही खुलाएको छैन । तर, उक्त  लिगको खेलाडीको तलब कम्तिमा पनि २० हजार अमेरिकी डलर छ ।

हालै सम्पन्न नेपाल प्रियिमर लिगमा मल्लले चितवन राइनोजको कप्तानी गरेका थिए।
 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update