Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः सुदूरपश्चिममा दिनभर, लुम्बिनीमा रातभर पानी 

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रही  बागमती, गण्डकी, कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका थोरै  स्थानहरुमा हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  छ ।

हाल मनसुनको  न्यून  चापीय  रेखा  सरदर  स्थानको  दक्षिणतिर रहेको छ । नेपालमा  हाल  भारतको  मध्यप्रदेश  र  आसपासको क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक प्रभाव छ । 

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भइ केही स्थानहरुमा हल्का वर्षा भईरहेको र बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । 

बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जनसहित  हल्का देखि  मध्यम वर्षाको  सम्भावना  रछ । साथै सुदूरपश्चिम प्रदेशको  एक–दुई–स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  विभागले उल्लेख गरेको छ । 

आइतबार राति देशभरको मौसम आंशिकदेखि  सामान्य  बदली  रहनेछ ।  लुम्बिनी,  गण्डकी र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थान  तथा  बाँकी  प्रदेशका थोरै  स्थानमा हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  छ । लुम्बिनी र सुदूर–पश्चिम  प्रदेशको  एक–दुई–स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  विभागले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update