
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा नम्बर १४ लाई टुक्राइएको छ । स्थानीय सरकारले वडा नम्बर १४ टुक्राउने प्रस्ताव पारित गरे पनि मान्यता पाउन भने संघीय सरकारले स्वीकृति दिनुपर्ने हुन्छ । अहिले रेसुङ्गा नगरपालिकाको वडा नम्बर १४ लाई टुक्राउने निर्णयले मान्यता पाइसकेको छैन ।
रेसुङ्गा नगरपालिकाको १६औं नगरसभा बैठकमा मानव संशाधन तथा सुशासन समितिका संयोजक हुमबहादुर बस्नेतले पेस गरेको वडा विभाजन गरी २ वटा बनाउने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
यो निर्णयलाई संघीय सरकारले स्वीकृति दिएमा हाल १४ वटा वडा रहेको रेसुङ्गा नगरपालिकामा १५ वटा वडा हुनेछ । संघीय सरकारले स्वीकृति दिएमा वडा नम्बर–१४ मा पर्ने पराल्मी र रातामाटा छुट्टिने गरी अर्को एउटा वडा थपिनेछ ।