Odapalika - The Fourth Estate - चौथो अंग
छविको बयान सकियो, रविको कहिले ?

काठमाडौँ । सहकारी ठगीसहितको अभियोग लागेका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । छविसहित ४४ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो ।

आइतबार पूरकसहितको अभियोगपत्र दर्ता भएपछि आइतबार न्यायाधीश नीतिज राईको इजलासमा सोमबारबाट भएको थुनछेक बहसमा गोर्खा मिडिया नेटवर्कका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविसँग बयान सकिएको हो । 

याे पनि रवि लामिछाने जेल चलान हुन्छन् कि रिहा ? देशकै कान्छा न्यायाधीशले दिनेछन् आदेश 

छविको बयान सकिएसँगै अर्का प्रतिवादी लीला पछाईको बयान सुरु गरिएको छ । बयानका लागि मंगलबार छवि, लीला, पूर्वगृहमन्त्री रवि लामिछाने र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको थियो । 

छविपछि लीलाको बयान थालिएकाले रविको बयान कहिलेबाट सुरु हुने भन्ने अझै एकीन छैन । 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update