काठमाडौँ । काठमाडौँको पुरानो बसपार्कको भवनको नक्सा स्वीकृति दिएको विषयमा विवादमा परेपछि काठमाडौँं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेका छन् ।
महानगरको आन्तरिक छानविनलाई सजिलो पार्न भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ बिदामा बसेका हुन् ।
गुरागाइँले महानगरको शिक्षा शाखा प्रमुख गोविन्द प्रसाद शर्मालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर आफु बिदामा बसेका हुन् ।
महानगरले नक्सापासको विषयमा आफुमाथि प्रश्न उठाएको भन्दै सोको निवारण नभएसम्मका लागि विदामा बसेको गुरागाइँको भनाइ छ ।
गुरागाइँले १७ पुससम्म विदा लिएर शिक्षा शाखाका प्रमुखलाई निमित्तको जिम्मेवारी दिएको मेयरको सचिवालयले समेत जानकारी दिएको छ ।