Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारले दियो बिहीबार सार्वजनिक बिदा 

गुल्मी । धुर्कोट गाउँपालिकाले बिहीबार शोक बिदा दिएको छ । गाउँसभा सदस्यको मृत्यु भएपछि स्थानीय सरकारले बिहीबार शोक बिदा दिएको हो । 

धुर्कोट गाउँपालिका– ४ का गाउँसभा सदस्य चुराबहादुर थापाको ६१ वर्षको उमेरमा मंगलबार निधन भएपछि पुस बिहीबार शोक बिदा दिइएको हो ।

धुर्कोट गाउँपालिकाअन्तर्गत रहेका सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संघ–संस्थाहरू एवं सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायमा शोक बिदा दिइएको हो । 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update