
काठमाडौँ । कजाकिस्तानमा ६७ यात्रु सवार विमान दुर्घटनामा परेको छ । कजाकिस्तानको अक्ताउ सहरमा बुधबार ६७ यात्रु सवार अजरबैजान एयरलाइन्सको विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।
बाकुबाट रूसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै गरेको विमान दुर्घटनामा परेको हो । बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१ १४:२१
प्रतिक्रिया दिनुहोस्