काठमाडौँ । बारा जिल्लोका जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १८ मा पर्ने लामिडाडा चोकदेखि पूर्व कुस्माडी जाने नगरस्तरीय सडक निर्माण अन्तिम चरणमा पुगेको छ ।
उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटबाट सो सडक निर्माण थालिएको हो । नगरपालिकाको ८० लाख बजेटमा सो सडक निर्माण भइरहेको वडाध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिए ।
वडाध्यक्ष वाग्लेका अनुसार सो सडक कालोपत्रे हुनेछ । एउटा कलभर्ट सहित ५०० मिटरको सो सडक बनेपछि करिब ५ सय घरपरिवारलाई यात्रा गर्न सहज हुने वाग्लेले बताए । गत जेठ महिनादेखि नै सुरु भएको सडक निर्माण बीचमा वर्षाको कारण रोकिएको थियो ।
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१ १७:३०
प्रतिक्रिया दिनुहोस्