काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले ३ जना नेतामाथि कारवाही गरेको छ । पूर्वउपाध्यक्षसमेत रहेका भीम रावललाई पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेको छ भने स्थानी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन गरेको हो ।
पाण्डे र तिम्सेनाले नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने विषयमा सार्वजनिक रुपमा असहमति जनाएका थिए । सोही कारण पार्टीले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो ।
उनीहरूको जबाफ चित्तबुझ्दो नभएपछि उनीहरूलाई कारबाही गरिएको सचिवालयको भनाइ छ । यस्तै, पूर्वउपाध्यक्ष रावलले लामो समयदेखि पार्टीको नीतिसँग असहमति राख्दै आएका थिए ।
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१ २०:१२
प्रतिक्रिया दिनुहोस्