Odapalika - The Fourth Estate - चौथो अंग
संघीय निजामती विधेयकः १५८३ वटा संशोधन प्रस्ताव, प्रस्तावनामा ४६ सांसदका ३२ संशोधन, कस्को प्रस्ताव के ?

काठमाडौँ । संघीय निजामती सेवा विधेयक अहिले प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा छ ।

सो विधेयक धेरै महत्वको विधेयक हो भन्ने कुरा त्यसमा परेका संशोधन प्रस्तावले पनि संकेत गर्छ । सो विधेयकका सम्बन्धमा १ हजार ५८३ वटा संशोधन प्रस्ताव परेका छन् । अर्थात यो संख्याका संशोधन प्रस्तावहरु छलफलका लागि योग्य ठहर भएका छन् । 

प्रतिनिधिसभाले दिएको जानकारी अनुसार विधेयकको प्रस्तावना संशोधन गर्नको लागि मात्रै ४६ जना सांसदको ३२ वटा संशोधन प्रस्ताव परेका छन् । यी प्रस्ताव विधेयकको प्रस्तावना संशोधन गर्नका लागि पेश भएका हुन् ।

कुन सांसदले के राखे संशोधन ?

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update