ललितपुर । ललितपुर महानगरपालिका र श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका–१३ को संयुक्त आयोजनामा दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । । प्रतियोगिता २२ पुसदेखि हुनेछ ।
प्रतियोगितामा २२ टिमले सहभागिता जनाउने पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ । कसुन्ती युवा क्लबका अध्यक्ष निरज खड्काले सहभागी टिमको दर्ता शुल्क १० हजार तोकिएको जानकारी दिए । काठमाडौँ बाहिरबाट सहभागी हुने टिमलाई भने शुल्क नलाग्ने उनको भनाइ छ ।
एट ‘ए’ साइड स्वरुपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका एक खेलाडी समावेश गर्नुपर्नेछ । विजेता टोलीले २ लाख तथा उपविजेताले १ रुपैयाँ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’लाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिने जनाइएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १६ लाख खर्च हुने आयोजकले जनाएको छ । वडाले ५ लाख उपलब्ध गराएको छ । पुस २९ गतेसम्म चल्ने प्रतियोगिताका खेल जावलाखेल मैदानमा खेलाइने छ ।