काठमाडौँ । सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको मृत्यु भएको छ ।
कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा बुधवार राति भरतपुर अस्पतालमा निधन भएको पारिवारका सदस्यले जानकारी दिएका छन् ।
महतो २०७४ र २०७९ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समिति (गाविस) को अध्यक्ष थिए ।
वडाध्यक्ष महतोको निधनपछि बसबरिया गाउँपालिकाले बिहीबारका लागि गाउँपालिकाभित्र शोक बिदा दिने निर्णय गरेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ १०:२६
प्रतिक्रिया दिनुहोस्