Odapalika - The Fourth Estate - चौथो अंग
घोराही उपमहानगरले डाक्टर र इन्जिनियर पढ्नेलाई छात्रवृत्ति दिने, यस्ता छन् शर्त

काठमाडौँ । दाङको एक स्थानीय सरकारले डाक्टर र इन्जिनियर पढ्दै गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । घोराही उपमहानगरपालिकाले डाक्टर पढ्नेलाई ५ लाख र इञ्जियिनर पढ्दै गरेका विद्यार्थी ३ लाख रुपैयाँ एकमुष्ठ लाई छात्रवृत्ति दिने भएको हो । 

तर, सामुदायिक विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) र प्लस टु अध्ययन गरेको हुनुपर्ने शर्त रहेको छ । सामाजिक विकास महाशाखाका प्रमुख नारायणप्रशाद पौडेलले प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार यही पुस ८ गतेदेखि आउँदो माघ ८ गतेभित्र छात्रवृत्तिका लागि आवेदन दिनुपर्नेछ । यस अवधिभित्र आवश्यक कागजपत्रसहित घोराही उपमहानगरपालिकाको सामाजिक विकास महाशाखामा निवेदन पेस गर्न भनिएको छ । 

छात्रवृत्ति प्राप्त गर्न यी छन् शर्त 

१. एसईई तथा +२ सामूदायिक विद्यालयबाट उर्तिण गरेको हुनु पर्नेछ ।

२. छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी घोराही उपमहानगरपालिकाको नागरिक हुनुपर्नेछ । 

३. अन्य कुनैपनि प्रकारको छात्रवृत्ति प्राप्त नगरेको हुनु पर्नेछ ।

४. छात्रवृत्ति प्रदान गर्दा जि.पि. ए लाई प्रमुख आधार बनाईने छ ।

५. नेपाली नागरिकताको प्रतिलिपि

६. डाक्टर, इन्जिनीयर अध्ययन गरेको विद्यालयमा भर्ना भएको रसिद एवं परिचयपत्र । 

७. हाल अध्ययन गरि रहेको संस्थाको पत्र

८. डाक्टर पढ्नेलाई छात्रवृत्ति एकमुष्ठ पाँच लाख रुपैयाँ र इन्जिनीयर पढ्नेलाई छात्रवृत्ति एकमुष्ठ तीन लाखका दरले उपलब्ध गराइने छ र उक्त रकमबाट नियामानुसार कर कट्टि हुनेछ ।

notice-1735191253.jpg
 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update