Odapalika - The Fourth Estate - चौथो अंग
चिनियाँ ह्याकरको कब्जाबाट स्थानीय तहको वेब साइट फिर्ता ल्यायो नेपालले, विज्ञ भन्छन्– धमाधम पासवर्ड चेन्ज भइरहेकाे छ

काठमाडौँ । चिनियाँ ह्याकरको कब्जामा पुगेका नेपालका अधिकांश स्थानीय तहको वेब साइट फिर्ता ल्याइएको छ । केही दिनयता अधिकांश स्थानीय तहको वेब साइट खुलेका थिएनन् । ती वेब साइट चिनियाँ ह्याकरले कब्जा गरेको थियो । 

तर, अहिले चिनियाँ ह्याकरको कब्जामा पुगेका स्थानीय तहका वेबसाइट फिर्ता ल्याइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना प्रविधि शाखाका इन्जिनियर भुवन केसीले जानकारी दिए । ‘चिनियाँ ह्याकरको कब्जामा पुगेका स्थानीय तहका वेब साइट फिर्ता आइसकेको छ,’ उनले वडापालिकासँग भने । 

वेब साइट फिर्ता ल्याइएसँगै अहिले धमाधम पासवर्ड परिवर्तन गर्ने कार्य भइरहेको उनले बताए । एक दुई दिनमै देशभरका सबै स्थानीय तहका वेब साइट खुल्ने उनले जानकारी दिए । 

‘अहिले ह्याकरको कब्जाबाट वेब साइट फिर्ता ल्याइसकेको छ । धमाधम पासवर्ड परिवर्तन गर्ने कार्य भइरहेको छ,’ उनले भने, ‘अबको एक दुई दिनमै सबै स्थानीय तहको वेब साइट खुल्नेछ ।’ 
 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update