![हेटौँडामा खाग तस्करलाई पक्राउ गर्न सेनाको हवाइ फायर](https://www.odapalika.com/uploads/posts/gun-1735199395.jpg)
मकवानपुर । मकवानपुरको हेटौँडामा गैँडाको खाग तस्करलाई पक्राउ गर्न नेपाली सेनाले हवाइ फायर गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ र ८ को सिमनास्थित प्लटिङमा खाग तस्करलाई पक्राउ गर्न चितवन राष्ट्रिय निकुञ्जस्थित सेनाको टोलीले ५ राउन्ड हवाइ फायर गरेको हो ।
निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको टोलीले गैँडाको खागसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सुराकी आधारमा सेनाको टोली तस्कर समाउन हेटौँडा आएको थियो । तस्कर भाग्न थालेपछि सेनाले हवाइ फायर गरेको हो ।
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ १३:३५
प्रतिक्रिया दिनुहोस्