काठमाडौँ । सहकारी ठगीसहितको अभियोग लागेका पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरू भएको छ । गत आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा रविसहितका व्यक्तिविरुद्ध कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको थियो ।
सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बयान सुरु भएको थियो । सोमबार र मंगलबार पूर्वडीआईजी तथा गोर्खा मिडिया नेटवर्कका पूर्वउपाध्यक्ष छविलाल जोशीको बयान लिइएको थियो ।
मंगलबार र बिहीबार लीला पछाईको बयान लिएको छ । लीलाको बयान सकिएसँगै बिहीबार नै रविको बयान लिन सुरु गरिएको हो ।
रवि लामिछाने जेल चलान हुन्छन् कि रिहा ? देशकै कान्छा न्यायाधीशले दिनेछन् आदेश
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ १५:४८
प्रतिक्रिया दिनुहोस्