
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तीनदिने मध्यपुर थिमि महोत्सव सुरु भएको छ । शुक्रबारबाट सुरु भएको यो महोत्सव आउँदो आइतबारसम्म चल्ने नगरपालिकाले जनाएको छ ।
पुस १२, १३ र १४ गते आइतबारसम्म चल्ने महोत्सवले मध्यपुर थिमि नगरपालिको पर्यटन विकाससँगै स्थानीय भेषभूषा, स्थानीय खानाको परिकार, हस्तकलालगायत धार्मिक, सांस्कृति सम्पदाको सम्वर्द्धन र प्रवर्द्धन हुने नगरपालिकाले विश्वास लिएको छ ।
यसैबीच, मध्यपुर थिमि महोत्सवका लागि भन्दै मध्यपुर थिमि नगरपालिकाले शुक्रबार र आइतबार दुई दिन सार्वजनिक बिदासमेत दिएको छ ।
नगरपालिका क्षेत्र भित्रका कला, संस्कृति, सम्पदा र पेसाको प्रभावकारी प्रवद्र्धनमार्फत आर्थिक समृद्धि एवं पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ पुस १२, १३ र १४ गते हुने महोत्वसलाईलक्षित गर्दै पुस १२ र १४ गते सार्वजनिक बिदा दिएको नगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
शुक्रबार र आइतबार मध्यपुर थिमि नगरपालिका, मातहतका कार्यालयहरु एवं शैक्षिक सस्थाहरुमा सार्बजनिक बिदादिइएको हो ।