Odapalika - The Fourth Estate - चौथो अंग
नाम बिगारेको भन्दै प्रदेश सरकारको आपत्ति, भन्यो– ‘बागमती’ नै लेख्नू 

काठमाडौँ । बागमती प्रदेश सरकारले आफ्नो नाम बिगारेको भन्दै स्थानीय सरकारलाई पत्र पठाएर सच्याउन भनेको छ ।

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस प्रदेशको नाम ‘बागमती’ रहेकाले फरक हिज्जे नलेख्न स्थानीय सरकारलाई पत्र पठाउँदै एकरुपता कायम गर्न भनेको हो । 

यही पुस ८ गते मुख्यमन्त्री कार्यालयले काभ्रेको पाँचखाल नगरपालिकालाई पठाएको पत्रमा प्रदेशको नाम ‘बागमती’ र अंग्रेजी हिज्जे Bagamati लेख्न उल्लेख गरिएको छ । 

आधिकारिक हिज्जे सम्बन्धमा भन्दै मुख्यमन्त्री कार्यालयले पाँचखाल नगरपालिकालाई पठाएको पत्रमा उल्लेख छ, ‘...बागमती प्रदेश अन्तरगतका मन्त्रालय/निकाय/कार्यालयको छाप तथा लेटर प्याड सम्बन्धमा एकरुपता कायम गर्ने सम्बन्धमा प्रकाशित गरिएको अतिरिक्ताङ्क अनुसार प्रदेशको नाम बागमती र प्रदेशको नामको अङ्ग्रेजी हिज्जे Bagamati रहेको व्यहोरा अनुरोध छ। साथै, सम्बद्ध प्रदेश राजपत्र यसैसाथ संलग्न गरी पठाइएको व्यहोरासमेत अनुरोध छ ।’

6f1a61d8-3a1e-422d-b640-c217cb26d38e-1735278468.jpg
 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update