Odapalika - The Fourth Estate - चौथो अंग
अभियोग इन्कार गरेका रवि लामिछानेको दोस्रो दिनको बयान सुरू

कास्की । सहकारी ठगीसहितको अभियोग लागेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान जारी छ । 

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बिहीबारबाट सुरु भएको रविको बयान शुक्रबार पनि जारी छ । बिहीबार रविले आफूमाथि लागेको अभियोगमा इन्कारी बयान दिएका छन् । 

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा गत आइतबार रविसहित ४४ जनाविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा अभियोग दर्ता भएको थियो ।

सोमबारबाट अभियुक्तहरुको बयान लिन सुरु गरिएको हो । प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि रविको बयान सुरु भएको थियो ।  

सबै प्रतिवादीहरूको बयान सकिएपछि थुनछेकको बहस हुनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update