काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम भर्न शुक्रबारदेखि आह्वान गरेकाे छ ।
सार्वजनिक सूचना निकालेर कार्यालयले पुस १२ देखि माघ १२ गते एक महिनाभित्रमा एसईईको फारम भरिसक्नुपर्ने जनाएको छ ।
फारमका लागि प्रतिविद्यार्थी ५०० रुपैयाँ दस्तुर तोकेको कार्यालयले फारम भर्नका लागि रजिस्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिकसत्र २०७९ वा सो भन्दा पहिले आधारभूत तह कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसाल खिचिएको पासपोर्ट साइजको दुईप्रति फोटो चाहिने शर्त राखेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१ १२:५०
प्रतिक्रिया दिनुहोस्