झापा । झापाको हल्दिबारी गाउँपालिकाले ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । हल्दिबारीले आफ्नो मुख्य सडकलाई कालोपत्र गरेको हो ।
गाउँपालिकाको आन्तरिक स्रोत वार्षिक एक करोड ५० लाखबाट कालोपत्र गरिएको जनाइएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा १६ किलोमिटर सडक निर्माण पूरा गर्ने लक्ष्यका साथ धमाधम काम गरिरहेको छ ।
बाँस र काठका पुल विस्थापित गर्ने अभियान नै लिएको गाउँपालिकाले बहुवर्षे योजनाअन्तर्गत भुतेनी र भुसुडी खोलामा पक्की पुल निर्माण भइरहेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१ १३:४६
प्रतिक्रिया दिनुहोस्