Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई बुझाए ७ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक राख्नुपर्नेसहित ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । 

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिले शुक्रबार राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्ने लगायत विभिन्न ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीलाई बुझाएको ध्यानाकर्षणपत्रमा कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्न समन्वय परिषद्को बैठक राख्नुपर्ने स्थानीय तहका जनप्रतिनिधिले माग गरेका छन् । 

समन्वय परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । परिषद्को दोस्रो बैठक गत माघ ४ बसेको थियो । एक वर्ष हुन लाग्दा पनि परिषद् बैठक नबसेपछि गाउँपालिका राष्ट्रिय महासंका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष अशोककुमार घिमिरेसहितले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update