Odapalika - The Fourth Estate - चौथो अंग
किर्ते अभियोगमा धनकौल गाउँपालिका अध्यक्षलाई पक्रन आदेश, तर भए फरार
फरार हुनुअघि गाउँसभामा सहभागी हुन प्रहरी स्कर्टिङमा पालिका जाँदै अध्यक्ष साह

सर्लाही । जिल्ला अदालत सर्लाहीले धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहलाई पक्राउ गर्न आदेश दिएको छ । 

नागरिकता किर्ते गरेको अभियोगमा दर्ता भएको उजुरीमा जिल्ला अदालतले पक्राउ आदेश जारी गरेपछि उनी सम्पर्कबिहीन बनेका छन् । 

२१ भदौमा अदालतले उनीविरुद्ध पक्राउ आदेश जारी गरेको हो । गाउँपालिका अध्यक्ष साहले फरकफरक मितिमा उमेर र नम्बर समेत फरक रहेका नागरिकता लिएको भन्दै जाहेरी परेको थियो ।

president1694345294.jpg

नागरिकता किर्ते अभियोगमा २०७९ पुसमै उच्च अदालत जनकपुरका न्यायाधीशद्धय न्यायाधीश विष्णुप्रसाद कोइराला रसागर विष्टको संयुक्त इजलासले जाहेरी दर्ता गरी कारवाही अघि वढाउन आदेश दिएपछि उनीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको थियो । 

प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत दायर गरेको मुद्दामा अदातले पक्राउ आदेश जारी गरेको हो । 
 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update