Odapalika - The Fourth Estate - चौथो अंग
भरतपुरको मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव सुरू

चितवन । चितवनको मेघौलीमा राष्ट्रिय खाना महोत्वस सुरु भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा पारेर राष्ट्रिय खाना महोत्सव आयोजना गरिएको हो ।

सो महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका हुन् । रैथाने खानाको महत्त्व बुझाउन यस्ता महोत्सव प्रभावकारी हुने मुख्यमन्त्री लामाको भनाइ छ ।

रैथाने चिजको संरक्षण गर्नुपर्ने भन्दै उनले रैथाने खानाको संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक बृद्धि हुने धारणा राखे ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा लक्ष्यअनुसार पर्यटक आएको दाबी गरिन् ।

भ्रमण वर्षको अवसरमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले भरतपुरका पर्यटकीय क्षेत्रको अवलोकन गरेका मेयर दाहालको भनाइ छ ।

पुस १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहेको संयोजक मायाराम चौधरीले जानकारी दिएका छन् । महोत्सवमा स्थानीय थारू, कुमाल, दराई, मगर, गुरूङ, बोटे, मुसहर समुदायसहितका स्थानीय जातका खाना राखिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update