Odapalika - The Fourth Estate - चौथो अंग
प्रशासकीय अधिकृतले पाउने भए रोजेको पालिका, मन्त्रालयले माग्यो सरुवाको निवेदन 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृहरुलाई रिक्त रहेको स्थानीय तहमा सरुवा हुन स्वेच्छिक आवेदन मागेको छ । 

मन्त्रालयले देशभरका रिक्त स्थानीय तहको सूची उपलव्ध गराउँदै ऐनअनुसार कुनै स्थानीय तहमा न्युनतम अवधि व्यतित गरेका अधिकृतहरुलाई आफु सरुवा हुन चाहेको स्थानीय तहको प्राथमिकता क्रमसहित आगामी २८ भदौभित्र निवेदन दिन भनेको छ । 

स्थानीय सरकार संचालन ऐनअनुसार स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई कामकाजमा खटाउने जिम्मा संघीय मालिला मन्त्रालयलाई छ । 

सो अधिकारको प्रयोग गर्दै मन्त्रालयले आइतवार प्रशासन सेवा अन्र्तगतका सामान्य प्रशासन समूहका राजपत्रांकित द्धितिय र तृतीय श्रेणीका कर्मचारीलाई आफु जान चाहेको स्थानीय तह उल्लेख गरेर निवेदन दिन भनिएको मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update