Odapalika - The Fourth Estate - चौथो अंग
रत्नपार्क र रानीपोखरीको फोहोरबाट जैविक मल, काठमाडौँका १० वटा वडामा फोहोरको वर्गीकरण 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १० वटा वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याएको छ । 

३२ वटा वडामध्ये महानगरले वडा नं ५, ७, १०, १२, १९, २०, २४, २५, २६ र २७ गरी १० वटा वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याइएको हो ।

कामपाले यो योजना ल्याएको लामो समय भए पनि पूर्णअभ्यास गरी प्रभावकारी कार्यान्वयनमा अहिले ल्याइएको वातावरण विभाग प्रमुख सरिता राईले जनाकारी दिइन् ।

चालु आर्थिक वर्षमा सबै वडामा कार्यन्वयनमा ल्याइने महानगरको भनाइ छ । यसपछि वर्गीकरण गरी सङ्कलन गरिएको फोहरमात्र अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा लागिने योजनामा महानगर छ ।

रानीपोखरी, कमलपोखरी, हिटिपोखरी, गहनापोखरी, नागपोखरीलगायत विभिन्न १० वटा पोखरीको नियमित सफाइ गरेर त्यहाँबाट उत्पादन भएको फोहर त्यसै ठाउँमा जैविक मल बनाउने काममा पनि विभागको अग्रसरता छ । 

रत्नपार्क, रानीपोखरी, बालाजुपार्क, शङ्खपार्क, पुष्पलालपार्क र ४० वटा सामुदायिक विद्यालयबाट उत्पादन भएको फोहरबाट जैविक मल बनाउने कार्य प्रारम्भ भएको विभागकी प्रमुख राईले बताइन्  । 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update