
काठमाडौँ । राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको शालिक बनाइने भएको छ ।
काठमाडौँ महानगरपालिकाको महानगरपालिकाको १६ औं अधिवेशनमा मेयर बालेन शाहले राष्ट्रिय सभा गृह परिसरमा सिंहको पूर्ण कदको शालिक बनाउने घोषणा गरेका हुन् ।
तत्कालीन काठमाडौँ नगरपालिकालाई देशकै पहिलो महानगरपालिका बनाउन गरेको योगदानको सम्मानमा पूर्वमेयर सिंहको शालिक बनाउन लागेको मेयर शाहको भनाइ छ ।
१९९६ चैत ११ गते जन्मिएका सिंहको यही पुस १ गते निधन भएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१ १८:१४
प्रतिक्रिया दिनुहोस्