काठमाडौँ । राष्ट्रिय किताबखाना (शिक्षक) का शाखा अधिकृत धनेश्वर प्रसाईं ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाखा अधिकृत प्रसाईंलाई पेन्सपट्टा बनाइ दिने भन्दै सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस लिएको अवस्थामा किताबखानाको छाउनी मार्ग तहाचलबाट पक्राउ परेका हुन् ।
‘शाखा अधिकृत धनेश्वर प्रसाईले पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज धनेश्वर प्रसाईलाई सेवाग्राहीबाट रू. ३,००,००० (तीन लाख रुपैया) घुस÷रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट नियन्त्रणमा लिइएको हो,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुचनामा उल्लेख छ ।
पक्राउ परेका शाखा अधिकृत प्रसाईंमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।