बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ ले कोरोनाभाइरस (कोभिड)विरुद्ध खोप लगाइलिने भएको छ । मंगलबार १२ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई कोरोनाभाइरसविरुद्धको खोप लगाइदिन लागेको वडासचिव लक्ष्मी लामाले जानकारी दिइन् ।
उनका अनुसार कोभिड रोगविरुद्ध कुनै पनि खोप नलगाएको, पहिलो वा दोस्रो लगाएर बुस्टर डोज लगाउन बाँकी रहेका १२ वर्ष उमेरभन्दा माथि सबैलाई खोप लगाउन भनिएको छ ।
‘अहिलेसम्म कुनै पनि खोप लगाउन बाँकी भएको तथा पहिलो खोप लगाई दोस्रो खोप छुटेका र दोस्रो खोप लगाई तेस्रो तथा बुस्टर मात्रा लगाउन छुट्नु भएका १२ बर्ष माथि उमेर समुहका व्यक्तिहरुले खोप लगाउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ,’ वडासचिव लामाले जारी गरेको सूचनामा उल्लेख छ ।
उनका अनुसार भोलि मंगलबार १०बजेदेखि अपरान्ह ४ बजेसम्म आधारभूत स्वास्थ्य सेवा केन्द्र पथलैयामा खोप लगाउने व्यवस्था गरिएको छ ।