Odapalika - The Fourth Estate - चौथो अंग
नेपालमा दुई सातामा ७ वटा भूकम्प, कहाँ र कति म्याग्निच्युडको ?

काठमाडौं । नेपालकाे पश्चिमी भू-भागमा दुई सातामा सातवटा भूकम्पको धक्का महसुस गरिएको छ । पश्चिम नेपालमा दुई सातामा सावटा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

पछिल्लो पटक आज मंगलबार (पुस १६)मा बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर४.६ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार बिहान ७ः५४ बजे गएको सो भूकम्पको धक्काको महसुस बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा गरिएको छ । भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन । 

दुई सातामा गएको भूकम्पमध्ये पुस ५ गते बाजुरा केन्द्रविन्दु भएर गएको ५.२ म्याग्निच्युडको भूकम्प सबैभन्दा ठूलो थियो । बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पुस ५ गते ४ः१४ बजे गएको भूकम्पल केही घरहरुमा क्षति पुगेको थियो । 

यसैगरी, पुस २ गते बेलुका ५ः०८ बजे बझाङ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको भोलिपल्ट पुस ३ गते अपरान्ह ३ः०२ बजे बझाङ नै केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्पको गएको केन्द्रले जनाएको छ । 

यस्तै, पुस ४ गते बिहान ०७ः३७ बजे मनाङ केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । पुस ९ गते राति ९ बजेर २५ मिनेट जाँदा दार्चुला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प जाँदा पुस ११ गते बिहान ६ः३३ बजे जाजरकोट केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update