Odapalika - The Fourth Estate - चौथो अंग
अब जनकपुरधाममा मासु र मदिराको उत्पादन, बिक्री र उपभोग गरे कारबाही हुने 

जनकपुरधाम । जनकपुरधामको परिक्रममा सकडभित्र मासु र मदिराको उत्पादन, बिक्री र उपभोग गर्नेलाई कारबाही हुने भएको छ ।

मधेश प्रदेस सरकारले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना गर्न र अटेर गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । 

मंगलबार सञ्चारकर्मीहरूसँगको भेटमा मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको धार्मिक, सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न मांसमदिराको उत्पादन, बिक्री र उपभोग नगर्न जनकपुरवासीलाई आह्वान गरेका हुन् । 

जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार नगर्न अनुरोध गर्दै मुख्यमन्त्री सिंहले मांसमदिरा निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सम्बद्ध निकायलाई  अनुरोध गरे । उनले नियम पालना नगरे कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिए । 
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update