Odapalika - The Fourth Estate - चौथो अंग
मौलिक पोशाक र सीप हस्तान्तरणमा नयाँ पुस्तालाई प्राथमिकता दिउँः उपप्रमुख शाक्य 

ललितपुर । ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले कपडा तथा सिलाई व्यवसायीहरुले नेपाली मौलिक पोशाक र नयाँ पुस्तालाई सीप हस्तान्तरणमा प्राथमिकता दिनुपर्ने बताएकी छन् । 

ललितपुर महानगर क्षेत्रमा सञ्चालन हुदै आएका पेसा व्यवसाय सञ्चालकहरुका समस्या समाधानका लागि केही अघिमात्र प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गरेको स्मरण गर्दै देशको आर्थिक विकास र समृद्धिका लागि स्थानीय तहबाट पनि विशेष अभियान चलाइने उनको भनाइ छ । 

कपडा तथा सिलाई व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा उनले वस्तु खरिद गरी पेसा सञ्चालनका लागि सीप प्रयोग गरी काम गर्दै आएकोमा त्यसलाई पनि विदेशी वस्तुले असर पु¥याएको उल्लेख गर्दै कपडा तथा सिलाई व्यवसायमा समय सुहाउदो सीप विकास गर्नुपर्ने बताइन् । उपप्रमुख शाक्यले नेपाली उत्पादन र मौलिक पोसाकको प्रवद्र्धनमा प्राथमिकता दिन संघसँग ललितपुर महानगरपालिकाले सहकार्य गर्र्ने बचन पनि दिइन् । 

ललितपुर महानगरपालिकाले फुटपाथ अतिक्रमणकारीलाई हटाउनका लागि महानगरपालिकाले प्रयत्न गर्दा गर्दै सफलता हासिल गर्न नसकिएको स्मरण गर्दै महानगरवासीको खाली जग्गा वा सटरमा पार्किङ व्यवसाय सञ्चालन गरेमा निःशुल्क दर्ता र सञ्चालन अनुमति दिने र त्यसलाई स्थानीयवासीले व्यवसायका रुपमा अघि बढाउन सक्ने उनको भनाइ छ । 

कार्यक्रममा ललितपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष सुसन महर्जनले ललितपुरका उद्योगी व्यवसायीहरुलाई ललितपुर महानगरपालिकाका जनताले तिरेको राजश्वबाट तलब भत्ता खाएर सेवा गर्न राखिएका व्यक्तिहरुले नै फुटपाथ व्यवसाय र पार्किङ सञ्चालन गराएर आर्थिक आर्जन गरेको स्मरण गर्दै ललितपुर महानगरपालिकाबाट सबै पेसा व्यवसायीहरुको हक हितका लागि नीतिगत रुपमा काम गर्ने प्रतिबद्धता जनाए ।

नेपाल टेलरिङ व्यवसायी महासंघका अध्यक्ष सदीश श्रेष्ठले राजनीतिक एजेण्डा सकिएकाले सम्पूर्ण शक्ति लगाएर मुलुकलाई आर्थिक विकासको एकल सूत्रमा लैजानुपर्ने बताए । अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक अवस्थालाई यथार्थपरक भएर हेर्ने हो भने अझै पनि नेपालमा लगानीको वातावरण त्यति उत्साहजनक बन्न नसकेकोले समयमै सरकारले अर्थतन्त्रमा दीर्घकालीन संरचनात्मक समस्या समाधान गर्दै अर्थतन्त्रमा लगानीको आधार विकास गर्न आह्वान पनि गरे । 

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले फुटपाथ व्यापारीले गर्दा घरभाडा तिरेर व्यापार गर्दै आएका व्यवसायीहरु मर्कामा परेको स्मरण गर्दै नेपालका कपडा व्यवसायीहरुले सही भन्सार मूल्य तिरेर कपडा खरिद गर्ने अवसर नभएका कारण पीडामा रहेकोले राजश्व तिरेर व्यवसाय सञ्चालन गर्दै आएकालाई अनुगमनका नाममा कारबाही गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । 

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, ललितपुरका संस्थापक अध्यक्ष सुरज बज्राचार्यले व्यवसायीहरुले नेट प्रोफिट वा ग्रस प्रोफिट नाफा कुनलाई मान्ने भन्ने स्पष्ट गर्नुपर्ने उल्लेख गर्दै राज्यले कुनै पनि व्यवसाय सञ्चालन गर्दा त्यसमा लाग्ने सम्पूर्ण खर्च कटाएर मात्र २० प्रतिशत नाफा गर्न पाउने भन्ने विषयलाई स्पष्ट पारेर व्यवहार गर्नु पर्नेमा जोड दिए । सुनचाँदी व्यवसायी संघ ललितपुरका अध्यक्ष सुविन बज्राचार्यले हाल नेपालमा सुन आयातमा सरकारी तबरबाट भएको फेरबदलका कारण दैनिक पाँच करोडभन्दा बढी राजश्व सङ्कलन हुदै आएकोमा सो राजश्व शुन्यमा झरेको उल्लेख गर्दै सरकारी सरकारी नीति राष्ट्रिय हितका लागि काम गर्न सरकारको ध्यानाकर्षण गराए । 

ललितपुर उद्योग बाणिज्य संघका पूर्व महासचिव एवम् नेपाल खाद्य व्यापार संघका अध्यक्ष रुपकमान महर्जनले उद्योगी व्यवसायीहरुले आप्mनो जायजेथा बैंकमा धितो राखेर सञ्चालन गर्दै आएको पेसा व्यवसाय मुलुकमा आर्थिक मन्दिका कारण धरासायी हुँदै गएको स्मरण गर्दै डाइनामिक, डिप्लोम्याटिक  बन्द हुनुका साथै ललितपुर महानगरपालिकाले बिगतमा संकलन गर्दै आएको भाडा आम्दानी समेत गुमेको दुःखद् विषयमा चर्चा गर्दै आगामी दिनमा ललित उपमेयरबाट ललितपुरका उद्योगी, व्यवसायीहरुको हित र कल्याण हुने नीति तय गरेर अघि बढ्न मद्धत मिल्ने धारणा राखे ।

कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, ललितपुरको आयोजना र ललितपुर उद्योग बाणिज्य संघको आर्थिक सहयोगमा २०८१ साल पुस ६ गते आयोजित मोटिभेस्नल तथा एड्भान्स कोट कटिङ तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिम नेपाल टेलरिङ व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष राजमान डंगोलको प्रशिक्षणमा सम्पन्न भइ ३३ जनाको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ । संघका अध्यक्ष पूर्णबहआदुर महर्जनले मानव पहिचानको मर्यादा दिन पोशाकसँग सम्बन्धित पेसागत मर्यादा र सदस्यहरुको हितमा काम निरन्तर काम गर्दै आएको बताए ।  

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update