Odapalika - The Fourth Estate - चौथो अंग
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दियो उपभोक्ता समितिलाई योजना संचालन सम्बन्धी अभिमुखीकरण तालिम

काठमाडौँ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वडास्तरीय उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना संचालन सम्बन्धी अभिमुखीकरण तालिम दिएको छ । 

पालिकाले आज (पुस १६ गते) वडा नं. १,२ र ३ का वडास्तरीय उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम दिएको हो । भोलि वडा नं. ४,५, ६ र ७ उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण तालिम दिने कार्यक्रम रहेको पालिकाले जानकारी दिएको छ । 

सो तालिम कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकन्द्र राई, उपाध्यक्ष अरुणा थापा मगर, निमित्त प्रमुख प्शासकीय अधिकृत पिएस्पी चाम्लिङ, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख जनक प्रसाद ढुङ्गाना,  गाँँउपालिकाका प्रवत्ता तथा ३ नं वडाध्यक्ष भुपेन्द्र बस्नेत लगायत पालिकाका कर्मचारीहरु पनि सहभागी थिए ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update