
काठमाडौँ । नेपाल आयाल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।
बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटरमा १ रूपैयाँ र डिजेलमा प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसुची अनुसार पेट्रोल डिजेको मूल्य बढाइएको निगमको भनाइ छ । नयाँ मूल्य अनुसार अब पेट्रोलमा साविकमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा प्रतिलिटर २ रुपैयाँ बढी तिर्नुपर्ने भएको छ ।
निगमले पेट्रोलियम पदार्थको विक्रीको लागि विभिन्न ३ वर्ग तोकेर सोही अनुसार मूल्य तय गर्ने गरेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको मूल्य अब प्रतिलिटर १६० रूपैयाँ ५० पैसा पर्नेछ। डिजेल र मट्टीतेलको प्रतिलिटर १५० रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६२ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेलको प्रतिलिटर १५२ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १६३ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेलको प्रतिलिटर १५३ रूपैयाँ पर्नेछ।