काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव पर्दा तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ ।
बिहीबार बिहान तराई तथा काठमाडौँ उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ ०७:०९
प्रतिक्रिया दिनुहोस्